​सञ्चारको सुविधा उपलब्ध गराउन कोशीटप्पुबासिको माग

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 83 पटक पढिएको
  • मधेश स्पेशल

पुष १७, २०७४ / इनरुवा: पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष अर्थात् प्रदेश नं १ को चिनारीको रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चारको सुविधा उपलब्ध गराउन त्यहाँका स्थानीयबासिन्दाले माग गरेका छन् ।

आरक्ष क्षेत्रमा सञ्चार सञ्चार सुव्दिा नहुँदा समस्या भएको भन्दै स्थानीयले सञ्चारको सुविधा उपलब्ध गराउन माग गरेका हुन् । आरक्ष क्षेत्रमा एनसेल र नेपाल टेलिकमको टावर नहुँदा आरक्षका कर्मचारीलाई सम्पर्क गर्दा समस्या भएको र समयमा फोन सम्पर्क नहुँदा ठूलो क्षतिको सामना गर्नुपर्ने भएकाले एनसेल र नेपाल टेलिकमको टावर निर्माण गर्नुपर्ने आरक्ष क्षेत्रका स्थानीयवासीहरुको माग रहेको छ ।

टप्पुमा सञ्चार सम्पर्क्विहीन हुँदा आफूहरूलाई कुनै समस्या परेको बेला र आरक्षका जंगली जनावरले बितण्डा मच्चाइरहेका बेला सम्पर्क गर्न खोज्दा फोन सम्पर्क नहुने समस्याले सताएको स्थानीय अशोक मेहताले बताए । विश्व रामसार सूचीमा पहिलो पटक सूचीकृत नेपालको सिमसार क्षेत्र सुनसरी, सप्तरी र उदयपुर जिल्लाका बीचमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षप्रति राज्यको ध्यान नपुगेको भन्दै स्थानियहरुले गुनासो गर्न थालेका छन् ।

जिल्लाको विभिन्न ठाउँमा सञ्चारको राम्रो पहुँच भए पनि महत्वपूर्ण स्थानमा राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चार सम्पर्क्विहीन हँुदा आफूहरूलाई दैनिकी कामकाज गर्नसमेत समस्या भएको कार्यालयका कर्मचारीहरु बताउँछन् ।

कार्यालयमा सञ्चार सम्पर्क नहुँदा दैनिक इमेल गर्ने र कुनै कुराको जानकारी लिनका सदरमुकाम इनरुवा जानुपर्ने बाध्यता रहेको आरक्षले जनाएको छ । जंगलको छेउमा आरक्षको कार्यालय रहेका कारण दैनिकजसो हात्ती आतंकजस्ता समस्या हुने भएको र सुरक्षाकर्मीलाई सम्पर्क गर्न खोज्दा सम्पर्क नहुने कारणले झन समस्या हुने गरेको आरक्षका प्रशासन प्रमुख नवीन अधिकारीले बताए ।

नेपाल टेलिकमको क्षेत्रीय कार्यालय विराटनगरले टावर निर्माणका लागि काम थालेको भए पनि अपूरो छाडेर भागेको आरक्षका नायब सुब्बा सुरेन्द्र खड्काले जानकारी दिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved