​टाइगर जिन्दा है को कमाइ १० दिनमा २५० करोड

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 133 पटक पढिएको
  • मधेश स्पेशल

पुष १७, २०७४ / काठमाण्डौं: सलमान खान अभिनित चलचित्र टाइगर जिन्दा है दश दिनमा २५० करोड भारू कमाइ गरेको छ ।

फिल्ममा पाँच वर्षपछि सलमान र क्याटरिनाको जोडी फर्किएको छ। उनीहरूको जोडीलाई दर्शकहरूले रूचाएका छन् । आगामी दुई सातासम्म ठूलो बलिउड फिल्म रिलिज नहुने भएकाले आगामी दिनमा पनि फिल्मको कमाइ राम्रो हुने विश्लेषण गरीएको छ।

कविर खान निर्देशित एक था टाइगरको सिक्वल फिल्मबाट सलमानले यसअघि रिलिज भएको ट्यूबलाईटबाट खस्किएको आफ्नो वक्सअफिस पावरलाई फर्काउन सफल भएका छन्।


Copyright © 2017 - Madheshspecial.com All rights reserved