७ सय ६७ महिला गायब

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 12 पटक पढिएको
  • मधेश स्पेशल

पुष १७, २०७४ / ईटहरी: एक वर्ष अवधिमा नेपालगन्ज नाका भएर भारत गएका मध्यपश्चिम क्षेत्रका साढे ७ सयभन्दा बढी नेपाली महिला सम्पर्क्विहीन भएका छन् ।

भारत गएपछि हराएको भन्दै खोजीका लागि ८ सय ३४ उजुरी परेकामा ७ सय ६७ महिला अझै सम्पर्कमा नआएका हुन् । हराएकामध्ये ६७ जनाको भने उद्धार गरिएको कान्तिपुर दैनिकमा समाचार छापीएको छ ।

हराएकामा सबैभन्दा बढी बाँकेका छन् । मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपाल नेपालगन्जका अनुसार बाँकेमा २ सय ८ महिला हराएको भन्दै उजुरी परेको थियो । तीमध्ये चार जनाको उद्धार गरिएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved