यो वर्षपनि लोडसेडिङ नहुने , १४० मेगावाट थपिदैं

  • प्रकाशित मितिः पुष १७, २०७४
  • 45 पटक पढिएको
  • मधेश स्पेशल

पुष १७, २०७४ / ईटहरी: यो वर्षपनि लोडसेडिङ हुन नदिने बिधुत प्राधिकरणको योजनासँगै बिजुलीमा भारतसितको परनिर्भरता बढ्दै गएको छ ।

विद्युत् प्राधिकरणले लोडसेडिङ हुन नदिन यस वर्षको हिउँदमा ४७० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । अघिल्लो वर्षको हिउँदमा ३९५ मेगावाटसम्म आयात गरेको थियो । २०७२ मा करिब ३०० मेगावाट आयात भएको थियो ।

मागअनुसार सरकार र निजी क्षेत्रले जलविद्युत् आयोजना निर्माण गर्न नसकेकाले बर्से्नि परनिर्भता बढेको हो ।

१४० मेगावाट थपिने
यस आर्थिक वर्षमा कुल १५० मेगावाट बिजुली थपिने प्राधिकरणले अनुमान गरे पनि १४० मेगावाट मात्र थपिने भएको छ ।

निजी क्षेत्रका ८ आयोजनाबाट ३९ मेगावाट बिजुली उत्पादन भई राष्ट्रिय प्रसारण प्रणालीमा थपिइसकेको खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved