गाउँपालिका अध्यक्ष राउतले दिए शिक्षकहरुलाई चेतावनी: अब डनगिरी छाड्नुस्

  • प्रकाशित मितिः पुष १६, २०७४
  • 156 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १६, २०७४ / धनुषा: धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतले मातहतका विद्यालयका प्रधानाध्यापकहरुलाई डनगिरी छोड्न चेतावनी दिएका छन् । सामुदायिक विद्यालयको पठन पाठनको अवस्था सुधार गर्ने उद्देश्यले उक्त गाउँपालिका भित्रको विद्यालयका प्रअहरुलाई बोलाएको भेलामा अध्यक्ष राउतले यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष राउतले विद्यालयमा पठन पाठन छाडेर राजनीति र डनगिरी गर्ने शिक्षकहरुको आवश्यक्त नरहेको बताउँचदै आफ्नो आचरण सुधार्न आग्रह गरेका छन् । शिक्षकले विगतमा गर्ने गरेको राजनीति छाड्न र विद्यालयको हाताभित्र राजनीतिको कुरा नर्ग सचेत गराउँदै अध्यक्ष राउतले यदि त्यसो नभए त्यस्ता शिक्षकहरुलाई कार्वाही गर्ने संकेत गरेका छन् ।

राउतले भने ‘विद्यालयमा विद्यार्थीलाई गुुणस्तरीय शिक्षा प्रदान गर्न के समस्या छ , कठिनाई छ , हामीले के गर्न सक्नु पर्छ डिमाण्ड गर्नुस् हामी तुरन्त पुरा गर्छौ । तर मनोमानी गर्ने शिक्षकहरुले कुनै पनि बहानामा छुट पाउनु हुनेछैन’ । भन्दै चेतावनी दिएका छन् ।

विद्यालयको सम्पुर्ण अवस्था सुधार गर्न अध्यक्ष राउतले उपस्थित प्रधानाध्यापकहरुलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा बटेश्वर गाउँपालिका वडा नं. १ का वडाध्यक्ष शैलेन्द्र महतो, २ का गंगाराम कुमर, ३ का हिरालाल महतो, ४ का दीपरमण दहाल र वडा ५ का अध्यक्ष शिवकरण यादव , पत्रकार शैलेन्द्र क्रान्ति लगायतले आफुहरुले विद्यालयहरुर्लाइ सुधार गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै उक्त गाउँपालिका भित्रका प्रअहरुले आ आफ्नो विद्यालयको अवस्थाको विषयमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन अशोक महतोले गरेका थिए ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved