शिङ्सा गुम्बालाई ३० हजार

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 42 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १२, २०७४ / धरानः संखवासभा जिल्लाको हिमाली क्षेत्र मुलथाले भई धरानमा परम्परागत जडिबुटीको पेशा व्यवसाय गर्दै आएका शिङशा समुदायको शिङ्सा क्षेलिङ गुम्बा निर्माणका लागि आर्थिक सहयोग जुट्ने कार्य जारी छ ।

धरान १५ बगरकोटमा निर्माणाधीन क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई सोमवार दाताहरुले ३० हजार रुपया प्रदान गरेका छन् । गत कार्तिकमा निधन भएका हजुरबुबा ङिमालादरको ४९ औ दिनको पुण्यस्मृति घेवाको अवसरमा नाति तेन्जिङ नुप्पाले प्रदान गरेका हुन् । उक्त सहयोग रकम गुम्बाका अध्यक्ष बम्बु नुप्पाले नाति तेन्जिङ र शिङ्सा समाज कर्स्याङका अध्यक्ष नाङ्गाङ नुप्पाले बुझिलिएका छन् ।

स्व. ङिमालादर धनकुटा जिल्लाको हिलेमा बस्दै आएका थिए । उच्च रक्तचापका विरामी उनलाई वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारार्थ ल्याइएकामा उपचार हुननसकी नातिको निवास खर्साङ दार्जीलिङमा निधन भएका थियो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved