धरानमा राजधानी

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 70 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १२, २०७४ / धरानः प्रदेश १ को राजनधानी धरान लाई कायम गराउने अभियानमा समर्थन र ऐक्यबद्धता थपिँदो छ । अभियानको स्वतन्त्र समितिव्दारा भानुचौक घण्टाघरमा चलिरहेको अनिश्चित कालालिन धर्नामा दैनिक समर्थन र एक्यबद्धता गर्न सहभागीता जनाउने क्रम बढे संगै संस्थागत र पार्टीगत ऐक्यबद्धता बढेको हो । यसअघि धरानमा कृयाशील दलहरुले धरान लाई राजधानी कायम गराउन राजनीतिक पहल गर्ने प्रतिबद्धता जनाउनुका साथै धरानमा रहेका कृयाशील झण्डै एकसयको संख्यामा रहेका सामाजिक संघ, संस्थाहरुले सकृय सहभागीता जनाएका थिए ।

पछिल्लो पटक धरानलाई राजधानी कायम गराउने अभियानमा धरानमा कृयाशिल राजनीतिक पार्टी मंगोल नेशनल अर्गनाइजेसन पनि थपिएको छ । यसैगरी किरात लिम्बुवान राष्ट्रिय मञ्च र धरान उपभोक्ता सरोकार समिति पनि ऐक्यबद्धता जनाउँदै अभियानमा जोडिएका छन् । मंगोल नेशनल अर्गनाइजेसन पार्टीका धरान नगर सभा अध्यक्ष भीम चाम्लिङ र धरान उपभोक्ताका उपाध्यक्ष धनकुमार राईले मंगलवार संयुक्त अपिल जारी गर्दै अभियानमा जोडिएका हुन् । यसैगरी किरात लिम्बुवान राष्ट्रिय मञ्चका संयोजक देव सुब्बा इजमले मंगलावर प्रेस विज्ञप्ती जारी गर्दै अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

मंगोल नेशनलव्दारा जारी विज्ञप्तीमा भनिएको छ ‘नेपालमा राणा शासन, शाही शासन, पञ्चायत शासनको निर्दलयहरुको अन्त्यसँगै बहुदलीय प्रजातन्त्र पुनर्बहालीसँगै नेपाली जनताको त्याग, बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता सहित मानवाधिकार, वाक स्वतन्त्रता, मौलिक हक सहितको २०७२ को संविधान लागू भएपछि बनेको २०७२को संविधान घोषणा पश्चात स्थानीय निकाय चुनाव सम्पन्न सँगै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको कानुन २०७२ अनुसार नेपाल देश संघीय शासन प्रणालीमा जाने निश्चित भइ सकेकोले गर्दा संघीय राज्यको राजधानी विभिन्न प्रदेश, जिल्ला र नगरमा जनताले स्वभाविक रुपमा विभिन्न माध्यमद्वारा माग गर्ने राजनैतिक दलहरुले राज्यलाई दबाब दिने र देश समृद्धि र आत्मनिर्भर स्वाधीन राष्ट्र बन्नको लागि सही निर्णय , सही समयमा आमजनताको माग, आमजनताको चाहनालाई मध्यनजर गर्दै १ नं. प्रदेशको राजधानी धरानमा नै हुनुपर्छ भन्ने हाम्रो माग छ ।’

मंगोलले विज्ञप्तीमा भनेको छ, प्रदेशको राजधानी धरानमा नै हुनुपर्छ भन्ने कुनै राजनैतिक दल र कुनै एक अमुक व्यक्तिको सोच र सपना होइन । आर्थिक, सांस्कृतिक, राजनैतिक, भौगोलिक, भूबनोट, सामरिक १४ जिल्लाको, सुगमताको दृष्टिकोणले पनि उपयुक्त छ । नेपालको हरेक ऐतिहासिक, राजनैतिक परिवर्तन छि पनि धरान राज्यबाट निकै टाढा र दयनीय अवस्थामा आफ्नै बलबुतामा बाचेको शहर भएकोले पनि धरान १ नं. प्रदेशको राजधानी हुनुपर्छ भन्नुको अर्थ १४ वटा जिल्लालाई एउटा सेवा प्रदायक पनि धरान १ नं प्रदेशको राजधानी हुनुपर्छ भन्नुको अर्थ १४ वटा जिल्लालाई एउटा सेवा प्रदायक पूर्वाञ्चलको संघीय राज्यको सेवा लिने ठाउँ मात्रै हो भनेर हामीले बुझ्नु पर्छ ।

मंगोलको विज्ञप्तीमा भनिएको छ ‘इटहरी र मोरङ्गले धरानको जनचाहना विपरीत राज्यको हेपाहा प्रवृत्तिले गर्दा धरानको यातायात, पुनरावेदन अदालत, कर कार्यालय, टेलिकम जस्ता धरानमा रहेका प्रमुख कार्यालय इटहरी र मोरङ लाँदा धराने जनताले प्रतिकार नगरेको सहजरुपमा स्वीकार गरेर इटहरी र मोरङलाई गुण लगाएको यस अर्थमा पनि इटहरी र मोरङले धरानमा १ नं. प्रदेशको राजधानी हुनुपर्छ भन्नेमा मानवीयताको नाताले पनि धरानलाई सहर्ष रुपमा मान्यता दिइनु पर्दछ भन्ने हाम्रो धराणा हो ।’

यसैगरी किराता लिम्बुवा मञ्च, प्रदेश १ केन्द्रिय समितिव्दारा जारी विज्ञप्तीमा प्रदेशको नामांकन र राजधानी तोक्ने काम सम्बन्धित प्रदेश सरकार तथा प्रदेश सभाको दुई तिहाई मतबाट हुने संबैधानिक प्रावधान रहेको उल्लेख गर्दै विगतमा यस क्षेत्रमा संघीयता सम्बन्धी बहस हुदा किरात, लिम्बुवान, खम्बुवान तथा कोचिला जस्ता प्रदेशिक राज्यको माग भएको स्मरण गराएको छ । विज्ञप्तीमा भनिएको छ ‘अहिले पनि किरात तथा लिम्बुवानको माग प्रवल रुपमा रहेको, नेपालमा पहिचानको मुद्धा अझ सशत्त बन्दै गएको, यस क्षेत्रमा एतिहासिक काल देखि किरात तथा लिम्बुवानको राजनैतिक दर्शन निरन्तर अगाडि बढीरहेको कारण यस प्रदेशका सम्पुर्ण किराती तथा गैरकिराती जनताको भावनालाई सम्मान महशुस हुन सक्ने गरी प्रदेश १ को नामांकन किरात–लिम्बुवान हुनु पर्ने माग यस मञ्चको रहेको छ ।’ धरानलाई राजधानी बनाउने अभियानमा मञ्चको ऐक्यबद्धता जाहेर गर्दै विज्ञप्तीमा भनिएको. छ ‘भौगोलिक हिसावले १४ जिल्लालाई सुगम तथा केन्द्र हुने, प्रदेशकै पहिचान र इतिहास बोकेको सुन्दर नगरी, पर्यटकीय संभावना बोकेको, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनका प्रचुर संरचनाका कारण प्रदेशको राजधानी बनाउन उपयुत्त रहेको, सबै जात जातिको पहिचानको प्रतिनिधित्व गर्न सक्ने धरानलाई प्रदेश १ को राजधानी बनाउन सबैभन्दा उपयुत्त हुने भएकोले प्रदेश १ को राजधानी विजयपुुर धरानलाई बनाउनु पर्ने माग समेत स्पष्ट पार्दछौ ।’


Copyright © 2017 - Madheshspecial.com All rights reserved