थोत्रा लुगाफाटाको पूनप्र्रयोग

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 67 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १२, २०७४ / रंगेलीः मोरङको रंगेली बजार आसपासका क्षेत्रहरुमा हिजोआज रुई पिन्ज मेसिनको माध्यम बाट पुराना थोत्रा लुगाफाटाहरु बाट रुवा उत्पादन गरी डसना, सिरक जस्ता जाडो महिनामा आवश्यक न्यानो सामाग्री बनाउने व्यवसाय लोकप्रिय भएको छ । नयाँ व्यवसायले घर परिवारले प्रयोग गरीसकेर फाल्ने अवस्थाका फाटेका लुगा, पेन्ट, सट, साडी, कुर्ता सुरुवाल लगायतका सुति कपडाहरु पूनप्र्रयोग भई सदुपयोग हुनथालेको उपभोक्ताहरुले बताए । मोरङको सुनवर्सि नगरपालिका ४ दोमहाना घर भएका अव्दुल रफाकले भारत बाट ३ लाख ५० हजारमा खरिद गरेर ल्याएको रुई पिन्जबाट जाडो याममा मनग्य आम्दानीको स्रोत संगै ५ जना युवा हरुलाई रोजगारी समेत दिएका छन् ।

अहिले उनी मोरङको रंगेली नगरपालिका ७ स्थित पिपल चोक नजिकै उक्त मेसिनको सहयोगमा उनलाई अहिले सिरक, डसना, सिरानी, बनाउन व्यस्त छन् । एक महिना अगाडि देखि उनले थालेको उक्त व्यवसायमा पुरानो लुगाहरु प्रतिकेजी २० रुपैयाँको दरले रुई बनाएर सिरक डसना बनाउने गरेका छन । मंसिर, पुस, माघ र फाल्गुन महिनामा कामदार सहित अन्य खर्च काटेर ४० हजार देखि ५० हजार रुपैयाँ सम्म कमाई हुने अव्दुलले बताए । अहिले रंगेली आसपासमा ५ बटा रुई पिन्ज संन्चालन गरेर उनले आफ्नो आम्दानीको स्रोत बनाएका छन । गाउँ घरमा सबैको घर परिवारले पुराना लुगाहरुको सदुपयोग गर्न थालेको स्थानीय रंगेली–७ कि ७० बर्षिय लाखो देवि रमानीले बताउँछिन् । उनि भन्छिन् ‘हामी जस्तो गरिवले नयाँ रुवाको सिरक, डसना, तकिया बनाउन सक्दैनौं ।’ पुरानो कपडा ल्याएर मसिनले पेलेर रुवा बनाउने नयाँ व्यवसायले गरिवलाई धेरै नै राम्रो भएको उनको भनाई छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved