​आमा र छोरीको जन्ममिति एउटै ! वृद्धभत्ता पाउन जालि काम

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 92 पटक पढिएको
  • मधेश स्पेशल

१२ पुष २०७४ / बझाङ: आमा र छोरीको जन्ममिति एउटै छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कतिले कान्छी आमा होलिन् भन्ने अनुमान पनि गर्लान् । तर होइन । जन्ममिति एउटै बनाई आमाछोरीले वर्षौंदेखि जेष्ठ नागरिक भत्ता खाइरहेको खुलेको छ ।

बझाङको खप्तड छान्ना गाउँपालिका–३ सुनारगाउँ बस्ने जला सुनार र उनकी छोरी मिश्रा सुनारको जन्म भएको साल महिना, गते एउटै भएको किर्ते कागजात बनाइ २०६६ सालदेखि नियमित रूपमा ज्येष्ठ नागरिक भत्ता खाइरहेको खुलेको हो ।

जन्म दिने आमा र छोरीको मिति २००८ चैत ३० गते भने नागरिकतामा उल्लेख छ । ‘२०६६ सालदेखि नै आमाछोरीले गाविसमा किर्ते कागज पेश गरेर ज्येष्ठ नागरिक भत्ता लिइरहेका रहेछन्,’ खप्तड छान्ना गाउँपालिका ३ का वडाध्यक्ष मंगल सुनार ले भने ।

मिस्रा सुनारले आफ्ना भाइको छोराछोरीको जन्म मितिसमेत गलत दर्ता गर्न लगाएर दलित बालबालिकाका लागि दिइने पोषण भत्तासमेत लिइरहेको खुलेकोछ । साविकको माझी गाउँ गाविसमा भदा सिसिर सुनारको २०७० फागुन ७ गते जन्म भएको भनी उनै मिस्राले जन्म दर्ता गरेको उल्लेख छ । भदै अपेक्षाको जन्मसमेत २०७१ जेठ ९ गते भएको जन्मदर्ता अभिलेखमा उल्लेख छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved