जनकपुरमा नक्कली विलबुक बनाउने गिरोहका ४ जना प्रहरीको फन्दामा

  • प्रकाशित मितिः पुष १२, २०७४
  • 459 पटक पढिएको
  • मधेश स्पेशल

१२ पुष २०७४ / जनकपुर: जनकपुरमा मोटरसाइकलको नक्कली विलबुक बनाउने गिरोहका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ७ का ३८ वर्षका संजय ठाकुर ,धनुषा हंशपुर नगरपालिका ४ का २२ वर्षका रहमत नदाफ, अौरही नगरपालिका १ का अरविन्द ठाकुर र २७ वर्षका सन्तोष मण्डल रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालयका विषेश प्रहरी टोलीले सोमबार जनकपुरको विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरूको साथबाट दुई वटा मोटरसाइकल र दुई वटा नक्कली विलबुक बरामद गरेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भईरहेको र सरकारी कागज छाप र दस्तखत कृते मुद्दा चलाएको क्राईमब्रान्चका सहायक प्रहरी निरीक्षक किसमत भण्डारीले जनाकारी दिनुभयो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved