​भियतनाममा भीषण आँधी आउने संकेत

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 45 पटक पढिएको
  • मधेश स्पेशल

पुष, ११, २०७४: शक्तिशाली आँधी तेम्बिन फेरी आउन सक्ने भन्दै भियतनाम सरकारले नागरिकलाई सचेत बनाएको छ ।

फिलिपिन्सबाट भियतनातर्फ प्रतिघण्टा ५८ माइलको रफ्तारमा अघि बढ्दै गरेको आँधीले विनास निम्त्याउने भन्दै भियतनाम सरकारले ७० हजार नागरिकलाई सुरक्षित स्थानतर्फ सर्न सचेत गराएको छ भने भियतनामको दक्षिणी प्रान्त ब्याकलेउका बासिन्दालाई विभिन्न विद्यालयमा सारिएको छ । मौसम पूर्वानुमान महाशाखाले भियतनामको दक्षिणपश्चिमी तटीय क्षेत्रमा आँधीको सम्भावना तीब्र रहेको भन्दै यसले ठूलो नोक्सानी पुर्याउन सक्ने जनकारी दिएको छ ।

आँधीको सम्भावनालाई मध्यनजर गर्दै ६२ हजार डुंगालाई माछा मार्न रोक लगाइएको छ । तेम्बिन आँधीका कारण फिलिपिन्समा दुई सय ७० जनाको ज्यान गएको छ भने सयभन्दा बढी हराइरहेका छन्


Copyright © 2017 - Madheshspecial.com All rights reserved