सुरज कुमारको नाम बिना बजारमा

  • प्रकाशित मितिः पुष ६, २०७४
  • 38 पटक पढिएको
  • मधेश स्पेशल

पुष ६, ललितपुर: गायक सुरज कुमार थापाले नयाँ गीतको भिडियो बजारमा ल्याएका छन् । राखी गौचनको शब्द र नारायण सुवेदी आभाषको संगीतमा तयार भएको 'नाम बिना..' बोलको गीतमा संगीत संयोजन किरण कँडेलले गरेका छन् ।

सुरज सांगितिक समूह नेपथ्य ब्याण्डका सदस्य पनि हुन् । सार्वजनिक भिडियोमा रिमा विश्वकर्मा , पुष्प खड्का र जोर्डन राजभण्डारीको अभिनय छ ।

भिडियोलाई शिवराम श्रेष्ठले छायाँकन गरेका हुन् भने निर्देशन समन अधिकारीको छ । निशान घिमिरेले भिडियोलाई सम्पादन गरेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved