​रंगेलि बजार किन भयो सुनसान ?

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 103 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १०, पुष २०७४ / मोरङ: कुनै समय पूर्वकै व्यापारिक केन्द्रका रुपमा रहेको रंगेली पछिल्लो समय आर्थिक र सामाजिक रुपमा पनि पछि गर्दै आएको छ । जिल्ला सदरमुकाम विराटनगरमा सरेसँगै पुरानो बजार रंगेली सुनसान बन्दै गएको हो ।

पुराना उद्योग धन्दा पुर्णरुपमा बन्द भई सकेका छन् भने व्यापार व्यावसाय पनि ओरोलो लागेसगै धेरै व्यापारीहरु अन्यन्त्र स्थानमा स्तान्तरण भएका छन् ।

एक सय तीन वर्ष अघि मोरङ जिल्ला भन्नाले मोरङ, सुनसरी र झापा रहेको थियो । सो समयमा तीन जिल्लाको सदमुकाम समेत रंगेली रहँदा रंगेली बजार त्यसबेला पुर्वकै व्यापारिक केन्द्रको रुपमा गुलजार थियो ।

तर, जब सदरमुकाम विराटनगर सर्‍यो बिस्तारै रंगेली गुमनाम हुन पर्‍यो । रंगेली अहिले नगरपालिका भई सकेको छ । वि.सं.१९२७ सालमा मोरङ जिल्लाको सदरमुकाम विजयपुरबाट सरेर रंगेलीमा ल्याइको इतिहास छ ।

१९७१ सालमा रंगेलीबाट सदरमुकाम विराटनगर सारिएको थियो । रंगेलीलाई वि.सं.१९७२ सम्म सदरमुकाम कायम राखियो । रंगेली सदरमुकाम विराटनगर सरेपछि रंगेली सबै भौतिक पुर्वधारसँगै आर्थिक गतिविधि पनि शुन्यको अवस्थामा झरेको स्थानीयको बुझाई छ ।

जानकारहरुका अनुसार भारतको सीमाभन्दा चार किलोमिटर उत्तरको रंगेली सदरमुकाम गएको ७० वर्षपछिसम्म पनि मोरङको दोस्रो ठूलो बजार थियो । त्यसबेला भारतको फावेसगञ्जबाट पुर्वका स्थापना भएका साना ठुला उद्योगका लागि कच्चा पदार्थ रंगेलीको बाटो भएर आर्यात हुने गरेको थियो । त्यसबेला सबै सरकारी कार्यालय पनि रंगेलीका रहेका थिए ।

स्थानीयका अनुसार २०१७ सालतिर रंगेलीमा पाँच वटा ठूल्ठूला राइस मील रहेको र त्यहाँबाट नेपालका सबै ठाउँ र भारतमा चामल लगिने गरिएको थियो । तर अहिले जान्ने बुझनेका लागि त्यो अतीतको कुरा बन्न पुगेको छ ।

पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी राजमार्ग ओझेलमा परेर व्यापार हराउँदै गएको स्थानीय वताउ‘छन् । आसपासका गाविसहरुका बजार पनि बिस्तार हुँदै गएपछि त रंगेली पूरै सुनसान हुन थाल्यो ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved