​अवैधानिकरुपमा सञ्चालन भएका १३ हजार वेभसाइट बन्द

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 47 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १०, पुष २०७४: चीनले अवैधानिकरुपमा सञ्चालन हुँदै आएका १३ हजारभन्दा बढी वेभसाइटलाई बन्द गरेकोे छ । चिनियाँ संसद्को स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले सन् २०१५ देखि अहिलेसम्म १३ हजारभन्दा बढी वेभसाइट बन्द गरिएको जानकारी दिएका छन् ।

यो अवधिमा अरु दुई हजार २ सय वेभसाइटका सञ्चालकलाई बोलाएर कुराकानी समेत गरेको उनले बताए । इन्टरनेट सेवाको आचार संहिता उल्लङ्घन गरेको भन्दै झण्डै एक करोड इन्टरनेट एकाउन्ट बन्द गरेको बताइएको छ । ती वेभसाइटले आतङ्कवादीलाई सहयोग गरिरहेको तथा अश्लिल दृश्यको प्रयोग गरिरहेकाले हटाइएको बताइएको छ ।

“यो हटाउने कार्य निकै प्रभावशाली र रक्षात्मक कदम हो,” वाङले भने । हटाइएको सम्वन्धी विवरण आगामी बुधबार बस्ने संसदीय बैठकमा पेस गर्ने बताइएको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved