बिर्तामोड युनाइटेड बिजयी

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 42 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १०, पुष २०७४ / पाँचथर: फिदिममा जारी नवौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको सोमबार सम्पन्न खेलमा झापाको बिर्तामोड युनाइटेड क्लव बिजयी भएको छ ।

बिर्तामोड आयोजक फिदिम स्पोर्टिङ बिरुद्ध ७–१ को फराकिलो गोलअन्तरले बिजयी बनेको हो । यो जीत सँगै बिर्तामोड प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ । बिर्तामोडको लागि खेलको पाचौं, ३६ औं र ६२ औं मिनेटमा बिशाल राईले गोल गर्दै ह्याट्रिक गरे । त्यस्तै १९ औं र ७४ औं मिनेटमा कर्ण लिम्बू , २७ औं मिनेटमा हिसुब थपलिया र ७२ औं मिनेटमा दिलम लोक्तामले गोल गरे ।

दिलमले नै १२ औं मिनेटमा आयोजकलाई आत्मघाति गोल उपहार दिएका थिए । खेल अवधीभरी बिर्तामोड आयोजक बिरुद्ध हाबि भएको थियो । ह्याट्रिक गरेका बिषाल राई म्यान अफ दि म्याच बने । उनले नगद दश हजार प्राप्त गरे । प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन बिर्तामोड युनाइटेडले फाइनल प्रवेशका लागि पुष १२ गते हुने बिभागिय टोलि त्रिभुवन आर्मी र मोरङ–११ बीचको खेलको बिजेता सँग प्रतिश्पर्धा गर्नुपर्नेछ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved