​बलिउडका यि फिल्म जस्ले फिल्मी जगतमा धमाका मचाए

  • प्रकाशित मितिः पुष ११, २०७४
  • 245 पटक पढिएको
  • मधेश स्पेशल

सोमबार १०, पुष २०७४: भारतमा हरेक वर्ष कयौं फिल्महरु बन्ने गर्दछन् । ति फिल्महरु मध्ये थोरैले मात्र बलिउडमा आफ्नो प्रभाव र प्रभुत्त्व जमाउन सकेका छन् । त्यस्ता फिल्महरु लामो समय सम्म फिल्म हलमा चल्न सफल भएका थिए ।

त्यस्तै बलिउडमा केही त्यस्ता फिल्महरु पनि छन जसले किर्तिमान नै बनाउन सफल भएका थिए ।

बलिउडका केही फिल्महरु जस्ले लामो समय सम्म हलमा चलेर रेकर्ड राखेका थिए:

सोले २८६ साता
सन् १९७५ को १५ अगस्टमा रिलिज भएकोे ‘सोले’ पनि बम्पर हिट फिल्म हो । रमेश सिप्पीको निर्देशनमा बनेको फिल्ममा अमिताभ बच्चन, धर्मेन्द्र, हेमा मालिनी, सञ्जीवकुमार, अमजद खान, जया भादुरी प्रमुख भूमिकामा छन् । एक्सन फिल्म सोले लगातार दुई सय ८६ हप्ता अर्थात् भन्डै ६ वर्ष चलेको थियो ।

बरसात १०० साता
सन् १९४९ को अप्रिल २२ मा रिलिज भएको ‘बरसात’ एक सय साता अर्थात् झन्डै दुई वर्ष लगातार हलमा चलिरहेको थियो । राज कपुरको निर्देशनमा बनेको फिल्ममा राज कपुर, नरगिस, प्रेमनाथ, निम्मीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रेमकथानक बरसातका निर्माता राज कपुर आफैँ हुन् ।

मुगल ए आजम १५० साता
सन् १९६० को अगस्ट ५ मा रिलिज भएको फिल्म ‘मुगल ए आजम’ लगातार एक सय ५० हप्ता चलेको थियो । के असिफको निर्देशनमा बनेको एपिक हिस्टोरिकल ड्रामा जनराको फिल्ममा पृथ्वीराज कपुर, मधुवाला, दिलीपकुमार, दुर्गा खोटेलगायतले अभिनय गरेका थिए ।

किस्मत १८७ साता
ज्ञान मुखर्जीको निर्देशनमा बनेको ‘किस्मत’ पनि बम्पर हिट फिल्म हो । सन् १९४३ मा बनेको सो फिल्म मुम्बईका केही हलमा एक सय ८७ हप्ता अर्थात् साढे तीन वर्ष लगातार प्रदर्शन भएको थियो । फिल्ममा अशोककुमार, मुम्ताज शान्ति, शाह नवाजलगायतले अभिनय गरेका थिए ।

दिलवाले दुल्हनिया लेजाएंगे १००९ साता
आदित्य चोपडाको निर्देशनमा सन् १९९५ मा बनेको ‘दिलवाले दुल्हनिया लेजाएंगे’ ब्लकबस्टर फिल्म हो । सोही वर्षको अक्टोबर २० मा रिलिज भएको फिल्ममा शाहरुख खान, काजोल, अमरिस पुरी, फरिदा जलाललगायतले अभिनय गरेका छन् । यश चोपडाले निर्माण गरेको फिल्मका सबै गीत चर्चित छन् । यो फिल्म मुम्बईका मराठ मन्दिर थिएटरमा लगातार एक हजार नौ हप्ता अर्थात् झन्डै २० वर्ष चलेको थियो ।

कहो ना प्यार है ५० साता
ऋत्विक रोशनको डेब्यु फिल्म ‘कहो ना प्यार है’ ब्लकबस्टर भएको थियो । सन् २००० जनवरी १४ मा रिलिज भएको राकेश रोशन निर्देशित यो फिल्म हलमा लगातार ५० हप्ता अर्थात् झन्डै एक वर्ष चलेको थियो । फिल्ममा ऋत्विकका साथमा अमिशा पटेल मुख्य भूमिकामा छिन् ।

मैने प्यार किया ५० साता
सलमान खानले हिरोका रूपमा डेब्यु गरेको ‘मैने प्यार किया’ लगातार ५० हप्ता चलेको थियो । राजश्री प्रोडक्सनको ब्यानरमा सुरज बरजात्याले निर्देशन गरेको मैने प्यार किया सन् १९८९ को फिल्म हो । फिल्ममा सलमानका साथ भाग्यश्री मुख्य भूमिकामा छिन् । सलमानले यो फिल्मभन्दा अघि ‘बिबी हो तो ऐसी’मा सहायक भूमिका निर्वाह गरेका थिए ।

राजा हिन्दुस्तानी ५० साता
आमिर खान र करिश्मा कपुर अभिनीत ब्लकबस्टर हिट फिल्म हो, ‘राजा हिन्दुस्तानी’ । सन् १९९६ नोभेम्बर १५ मा रिलिज भएको फिल्म लगातार ५० हप्ता चलेको थियो । धर्मेश दर्शनको निर्देशनमा बनेको फिल्मका सबै गीत हिट भएका थिए ।

मोहब्बते ५० साता
सन् २००० को अक्टोबर २७ मा रिलिज भएको ‘मोहब्बते’ हलमा लगातार ५० हप्ताभन्दा बढी चलेको थियो । आदित्य चोपडा निर्देशित फिल्ममा अमिताभ बच्चन, शाहरुख खान, ऐश्वर्या राय, उदय चोपडालगायतले अभिनय गरेका छन् ।

हम आपके है कौन स् ५० साता
सन् १९९४ अगस्ट ५ मा रिलिज भएको सलमान खान अभिनीत अर्को ब्लकबस्टर फिल्म हो, ‘हम आपके है कौन’ । यो फिल्म पनि लगातार ५० हप्ता चलेको थियो । सुरज बरजात्याको लेखन र निर्देशनमा बनेको फिल्ममा सलमानका साथमा माधुरी दीक्षित, रेणुका सहानीलगायतले अभिनय गरेका छन् ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved