प्रधानाध्यापकलाई रिड नेपालको व्यवस्थापन र नेतृत्व विकास तालिम

  • प्रकाशित मितिः पुष १०, २०७४
  • 39 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १०, २०७४ / सोलुखुम्बु: ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजना तथा जिल्ला शिक्षा कार्यालयको समन्वयमा आधारभुत तहका प्रधानाध्यापकहरुका लागि ब्यबस्थापन तथा नेतृत्व बिकास तालिम सम्पन्न भएको छ । सोलुखुम्बुको सोताङ, मुक्ली र सल्लेरीमा सञ्चालित १० दिने तालिम आइतबार सम्पन्न भएको हो ।

तालिममा परिस्थिती जन्य नेतृत्व, सकारात्मक दृष्टिकोण, बिद्यालय क्षेत्र बिकास योजना, अनुगमन तथा मुल्यांकन, पुर्व वालबिकास, शिकाई सक्षमता लगाएतका विषयमा प्रशिक्षण दिइएको रिड नेपालका शिक्षा विकास अधिकत केशब गिरीले जानकारी दिए । तालिमको सहजीकरण रिड नेपालका प्रशिक्षकहरुले गरेका थिए ।

दुधकौशिका गाउँपालिका अन्तगरगत बिरेन्द्रोद्धय माध्यामिक बिद्यालय मुक्लीमा रिड नेपालका अध्यक्ष भिम वोगटीको अध्यक्षतामा तथा गाउँपालिकाका शिक्षा बिभाग प्रमुख बुद्धिराज राईको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन गरिएको हो । तालिममा दुधकोशी र दुधकौशिका गाउँपालिकाका २५ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

सोताङ गाउँपालिका अन्तरगत बिरेन्द्र ज्योति माबि सोताङमा रिड नेपालका शिक्षा बिकास अधिकृत जनकराज जोशीको अध्यक्षता तथा बिरेन्द्रज्योती माध्यमिक बिद्यालयका प्रधानाध्यापक महाप्रशाद फुयालको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको छ । तालिममा महाकुलुङ र सोताङ गाउँपालिकाका गरी २२ जना प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

यसैगरी सोलुदुधकुण्ड नगरपालिका सल्लेरीमा लिखुपिके गाउँपालिका र नगरपालिकाका गरि २७ जनाको सहभागितामा तालिम रिड नेपालका शिक्षा बिकास संयोजक तोया प्रशाद अम्र्मको अध्यक्षता तथा जिल्ला शिक्षा अधिकारी डिक बहादुर राईको प्रमुख आतीथ्यमा समापन गरएको छ । तालिममा आधुनिक प्रणालीबाट ज्ञान प्राप्त भएको भन्दै सहभागि प्रधानाध्यापकहरुले खुसी ब्यक्त गर्नुका साथै रिड नेपाल प्रति धन्यवाद ज्ञापन गरेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved