युट्युबमा आर्यन–प्रियंका जोडी हिट, हलमा होला त फिट ?

  • प्रकाशित मितिः पुष १०, २०७४
  • 54 पटक पढिएको
  • मधेश स्पेशल

पुष, १०, २०७४ / काठमाडौँ: चलचित्र ‘के म तिम्रो होइन र’बाट सिनेनगरीमा पाइला चालेका नायक आर्यन अधिकारी र अभिनेत्री प्रियंका कार्कीको जोडीलाई युट्युबमा धेरैले रुचाएका छन् । आर्यन र प्रियंकाको जोडी बाँधिएर चलचित्र ‘बटरफ्लाइ’ तयार भएको छ । यसै चलचित्रमा समावेश भएको ‘म गाउदिन अब गीत गजल’ बोलको गीतलाई युट्युबमा नोभेम्बर १० मा रिलिज भएको थियो ।

उक्त गीतले अहिले सम्म ११ लाख बढी भ्युज कमाएको छ । अर्जुन पोखरेलको सङ्गीतमा बनेको गीतमा सुगम पोखरेल र अञ्जु पन्तले स्वर दिएका छन् । गीतको भिडियोमा आर्यन र प्रियंका फिचरिङ छन् । दर्शकले यो जोडीलाई रुचाएको कुरा गीतमा प्रति दर्शकले दिएको सकरात्मक प्रतिक्रियाबाट प्रस्ट हुन्छ ।

गीत हिट भएसँगै केही समय अघि सार्वजनिक भएको सस्पेन्सले भरिपूर्ण ट्रेलरले पनि चलचित्रलाई प्रतिक्षित बनाइरहेको छ । चलचित्रलाई ओमप्रतिक गुरुङले निर्देशन गरेका हुन् । बटरफ्लाइमा पमा पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीको सयुक्त लगानी रहेको छ भन रमेश प्रजापति कार्यकारी निर्माता हुन् । यही पौष २८ बाट दर्शकमाझ आउने चलचित्रमा आर्यन र प्रियंकासँगै अर्पण थापा, रविन्द्र खड्का, पुरन थापा, सुष्मा कार्कीको अभिनय रहेको छ ।


Copyright © 2017 - Madheshspecial.com All rights reserved